तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष दाहालको माग

काठमाडाैं | चैत १६, २०८१

तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष दाहालको माग

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको  छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ । 

    
नेकपा (एकीकृत समाजवादी केन्द्र)को कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाहीको माग गर्नुभएको हो । उहाँले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । 

    
बैठकपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिनुभयो ।

पोखरा:  १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  ...

थप पढ्नुहोस्